फागुन २५, निजगढ ।बाराको निजगढ नगरपालिका–९ ठाडोलाईनस्थित वाक्यश्वर महादेव मन्दिर परिषरमा महाशिवरात्री पर्वको अवसरमा दोहोरी साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।
आज साँझ फास्ट ट्रयाक मिडिया प्रा.लि. को आयोजनामा हुन लागेको दोहोरी साँझमा लोक दोहोरी समुह निजगढका कलाकारहरुले दोहोरी प्रस्तुत गर्नेछन् ।
कार्यक्रम निजगढ नगरपालिका वडा नं. ९ को कार्यालयको सहयोग तथा वाक्यश्वर मन्दिर समितिको व्यवस्थापनमा हुन लागेको आयोजक समितिका अध्यक्ष महेश्वर अधिकारीले जानकारी दिए ।
वाक्यश्वर महादेव मन्दिर परिषरमा साँझ ६ बजे शिव धुनी बालेपछि दोहोरी कार्यक्रमको शुभारम्भ गरीने मन्दिर समितिका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । शिवरात्रीको अवसरमा लाख बत्ती बाल्ने र प्रसाद वितरण कार्यक्रम समेत आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय