फागुन २७,हेटौंडा। नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ‘ए’ साइड रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेन्डसिप भेट्रान्स क्लबले उचालेको छ । शनिबार हेटौडाको क्याम्पा रंगशालामा सम्पन्न फाइनल खेलमा किङ्गकम भेट्रान्स क्लब काठमाडौंलाई ०–१गोलअन्तरले पराजित गर्दै बानेश्वरले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा बानेश्वरका टिम क्याप्टेन समेत रहेका जर्सि नम्बर ८ का हरिहर थापा ‘झलक’ ले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको निर्धारित समयसम्म कुनै टिमबाट अरु गोल हुन सकेन । झलकले खेलको १३ औं मिनेटमा गरेको उक्त गोल नै निर्णयक बन्न पुगेको थियो । खेलमा उपाधिसहित बानेश्वरले एक लाख ११ हजार १ सय ११ रुपैयाँ तथा रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
त्यस्तै उपविजेता किङ्गकमले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
खेलको ‘म्यान अफ द म्याच’ गोलकर्ता झलक नै घोषित भए ।झलकले प्रतियोगिताको उत्कृष्ट फरवार्ड उपाधिसंगै नगद ५ हजार रुपैयाँ र शिल्ड प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बानेश्वरका प्रदिप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषित भए। त्यस्तै उत्कृष्ट मिड फिल्डर किङ्गकमका विपिन शाह घोषित भए।
विधागत तर्फबाट उत्कृष्ट घोषित खेलाडीहरुलाई नगद ५ हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ र शिल्ड प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा लगायतले पुरस्कार प्रदान गरेका थिए ।
फागुन २२ गतेदेखि संचालन भएको प्रतियोगितामा देशभरका १९ वटा टिमको सहभागिता रहेको थियो । ४५ वर्ष उमेर समुहभन्दा माथिका खेलाडी सम्मिलित उक्त टिमहरुमा ५० वर्ष उमेरका २ जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । क्लबका कार्यवाहक अध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामा सहित प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा–५ का अध्यक्ष सुशिल घिमिरे, हेटौंडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा–८ का अध्यक्ष राम थापा, हेटौंडा–९ का अध्यक्ष शुकराम केसी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतको उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय