फागुन २९,हेटौंडा ।धादिङमा मासुको पैसा नदिएको भन्दै एक युवाले कुटपिट गर्दा एकजना घाईते भएका छन्।
जिल्लाको गल्छी गाउँपालिका–६ बाहुन पालाङगका ३० वर्षिय रवि सापकोटाले मासुको पैसा नदिएको भन्दै सोही स्थानका ३७ वर्षीय विष्णुहरी परियारलाई दाउराले टाउकोमा हानी घाईते बनाएका हुन्।घाईते परियारको बैरेनी अस्पतालमा उपचार भैरहेको छ।उनको स्वास्थ्य अवस्था मध्यम रहेको र दाउरा प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको वागमती प्रदेश प्रहरी कार्यालय ,हेटौंडाले जनाएको छ।



