फागुन ३०,हेटौंडा । मकवानपुर प्रहरीले अवैध रुपमा भन्सार छलि ल्याईएको २७ क्विन्टल प्याजसहित एउटा गाडी नियन्त्रणमा लिएको छ।
बुधबार बिहान सवा ३ बजे अवैध प्याज लोड गरिएको उक्त गाडिलाई हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्टका प्रहरीले नियन्त्रणमा लिएको हो।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ५६५४ नम्बरको बोलेरो गाडीमा राजश्व छली, चोरी पैठारी गरि ल्याईएको ६० ओटा बोरामा प्याक गरिएको २७ क्विन्टल प्याज फेला परेकाले नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
प्याज लोड भएको उक्त गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय