चैत्र ४,वीरगन्ज। स्कुले बालिका र महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–५ का ३० वर्षीय सज्जाद आलम अहमदलाई पक्राउ गरेको छ ।
सज्जादले गाउँपलिका क्षेत्र भित्रका स्कुल पढ्ने बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेले आइतबार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका थिए।
स्थानीयले सज्जादलाई कडा कारबाहीको माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पनि बन्द गराएपछि सज्जादलाई त्यँहाबाट इलाका प्रहरी कार्यालय पोखरियामा ल्याएर राखिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।
सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ पनि बरामद गरिएको छ । उनको मोबाइल र पेनड्राइभमा केही अश्लील भिडियो पनि भेटिएको प्रहरी निरीक्षक केसीले बताएका छन्।
सज्जाद वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए ।त्यँहाबाट केही समय पहिले नेपाल फर्किएपछि उनी यस्तो गतिविधिमा लागेको स्थानीयकोे आरोप छ।
आरोपित सज्जादलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको र पीडितहरूलाई लिखित जाहेरी लिएर आउन आग्रह गरिएको केसीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय