चैत्र ५,बीरगंज। पर्साको ठोरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।
प्रहरीका अनुसार मालबस्ती गाउँ नजिकैको जंगल छेउमा घाँस काट्न गएको बेला सोमबार साँझ साँढे ४ बजेतिर जंगलबाट आएको बाघले आक्रमण गर्दा सुवेदीको मृत्यु भएको हो।
एक महिनाभित्रै पर्सामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि पटेर्वा सुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय