चैत्र ७,हेटौँडा । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिकामा अवैध रूपमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट खटिएको संयुक्त टोलीले राक्सिराङ–१ स्थित कान्द्राङमा करीब पाँच बिगाहा क्षेत्रमा लागाइएको अफिम खेती नष्ट गरेको हो ।
शसस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट शसस्त्र प्रहरी नायव उपरीक्षक सुवास केसीको नेतृत्वमा ३१ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षकको नेतृत्वमा २५ जना गरी ५६ जनाकोे संयुक्त प्रहरी टोली गत फागुन २७ गते राक्सिराङ प्रस्थान गरेको थियो।
भौगौलिक रुपमा विकट रहेको उक्त क्षेत्रका अधिकांश ठाउँमा गाँजा र अफिम खेती हुने गरेको छ । प्रहरीले प्रत्येक वर्ष त्यँहा गाँजा अफिम,खेती नष्ट गर्ने अभियान चलाएपनि स्थानीयले खेती गर्न छोडेका छैनन् ।



