चैत्र १०, हेटौंडा। हेटौंडामा संचालित दुई सहकारी संस्थाहरु एकीकृत भएका छन्। हेटौंडा-२ मा संचालित ज्योति बचत तथा ऋण सहकारी संस्था र ४ मा संचालित सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडबिच एकिकरण भएको हो।
शनिबार हेटौंडामा सम्पन्न दुवै संस्था सम्मीलित विशेष साधारण सभाले एकीकरण गर्ने निर्णय गरेको हो। साधारण सभाले विवेक पराजुलीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा कमला श्रेष्ठ, सचिवमा विष्णु के.सी., कोषाध्यक्षमा श्यामकुमार लो तथा सदस्यहरूमा विश्वराज खतिवडा, गणोश खड्गी र लक्ष्मी बास्ताकोटी चयन भएका छन्।
त्यस्तै सभाले नारायण आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ ।लेखा समिति सदस्यमा गंगामाया राना र नारायणप्रसाद अधिकारी चयन भएका छन्।
ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका रोजगार प्रवर्द्धन तथा सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी बैंक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल, सजिलो उपभोक्ता सहकारी संस्थाका पुर्व अध्यक्षहरु उत्तमप्रसाद कुँईकेल र शेरबहादुर पहरी टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, हेटौंडा क्याम्पसका स्ववियु सभापति अभि मैनाली तथा हेटौंडा जेसिजका पुर्व अध्यक्ष राजदेब बाँनिया लगायतको आतिथ्यता थियो ।
सहकारी विज्ञ एवम् आर्थिक विश्लेषक मिनराज खड्काले कार्यक्रमको सहजिकरण गरेका थिए।
एकिकरण पश्चात संस्थाको शेयर पुँजी १ करोड १० लाख र कारोबार ४ करोडको हुने सजिलो उपभोक्ता सहकारीका निवर्तमान अध्यक्ष धुर्ब अधिकारले जानकारी दिए।उनका अनुसार संस्थाको शेयर सदस्य संख्या अब ४ सय ८० पुगेको छ।





