चैत्र १३,हेटौंडा। मकवानपुरको मनहरीमा नवजात शिशु मृत अबस्थामा फेला परेको छ।
मंगलबार मध्यान्ह १ बजे मनहरी गाउँपालिका-७ स्थित रमौलि बांगेटोल स्थित मनहरी खोलाको छेउमा २।३ दिनको जस्तो देखिने सालनाल सहितको नवजात(छोरा) शिशु मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन्। मृत शिशुलाई पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको छ।घटनाबारे अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय