चैत्र १८,हेटौंडा।मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ भिमसेन दमारस्थित एक घरबाट खसि डेढ वर्षीय बालक गम्भीर घाईते भएका छन्।
घाईते हुनेमा स्थानीय सबिन दाहालका १८ महिने छोरा सौरिस दाहाल छन्। सौरिस शनिबार साँझ साँढे ५ बजेको समयमा आफ्नै ३ तल्ले पक्की घरको दोश्रो तल्लाको रेलिङबाट भुईँमा खसेका वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।प्रहरीका अनुसार बालकको आँखा र मुखमा चोट लागेको छ।उनको गम्भीर अवस्थामा चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।



