चैत्र १८,हेटौंडा।मकवानपुरमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको बकैया गाउँपालिका-६ ठूलोसुधाकी ८ वर्षिया बालिका पूर्णिमा भोम्जनको भिरबाट लडि मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको हो।प्रहरीका अनुसार बालिका भोम्जन आफ्नै घरदेखी २ सय मिटर पश्चिम तर्फ पर्ने वाघभैरब सामुदायिक वनको सुधाभिरबाट लडेकी हुन्।बालिकाको मानसिक सन्तुलन बिग्रीएको बुझिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय