चैत्र १८,हेटौंडा । मकवानपुरको वागमतीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। बागमती गाउँपालिका- कायर घर भएका अन्दाजी बर्ष ५५ का देबराम रुम्बाको आफ्नै घर अगाडीको मकैबारीमा करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।प्रहरीका अनुसार रुम्बालाई घरदेखि २० मिटर जति पर रहेको आफ्नै मकैबारी हेर्न जाँदा भुइँमा लत्रिएको बिजुलिको नाङ्गो तारमा छुन गई करेन्ट लागेको थियो। उनको घट्ना स्थलमै मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय फापरबारीको टोलीले घट्ना स्थलमा प्रारम्भिक कार्य सम्पन्न गरि शवलाई पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय