बैशाख २,हेटौंडा। नयाँ बर्ष २०८१को अवसर पारेर धेरै कलाकारहरुले नेपाली गीतहरु सार्वजनिक गरे। यस्तैमा गायिका निता आचार्य र गायक एवं संगीतकार शंकर थापा ‘स्माइल’ले युगल स्वरमा रहेको नयाँ गीत  ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय हेर्न सकिन्छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका आचार्यले संगीतकार ‘स्माइल’सँगको सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।
गायन र संगीतमा उतिक्कै पोख्त ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय