बैशाख४,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ रामनगरमा एक घर र गोठमा आगलागी भएको छ।मंगलबार बेलुकी पौने ७ बजे स्थानिय आत्मलाल चौलागाईंको सिमेन्ट,काठ र टायलले बनेको २ तल्ले कच्चि घर र सँगै जोडिएको गोठमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
जिल्ला प्रहरी र प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी,सशस्त्र प्रहरी,स्थानिय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको प्रवक्ता भण्डारीले बताए।
उक्त घर नजिकै पश्चिम पट्टी रहेको आत्मलालका भाई लिलानाथ चौलागाईको ३ तले पक्की घरको सिसा आगोको तापले फुट्न गई सोही ठाउँका ३५ वर्षिय प्रकाश चौलागाई सामान्य घाईते भएका छन्। टाउकोमा चोट लागेका प्रकाशको स्थानिय मेडिकलमा उपचार गाराई घर फर्केका प्रवक्ता भण्डारीले बताए।



