बैशाख ९ हेटौंडा। मकवानपुरको बकैयाका एक बालकको खोलामा डुबि ज्यान गएको छ।बकैया गाउँपालिका-६ टिकुले टोलका चौरे स्याङतानको ६ वर्षिय छोरा सन्दीप स्याङतानको खोलामा डुबेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपि लक्ष्मी भण्डारीका अनुसार शनिबार दिउँसो स्थानिय बकैया खोलामा पौडी खेल्ने क्रममा बालक डुबेर सख्त घाईते भएका थिए।घाईते बालकको बाराको निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए।



