बैशाख २९,हेटौंडा ।मादक पदार्थ सेवन गरि आफ्नै काकीलाई कैँचि प्रहार गरि घाईते बनाउने एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९प्रगतीटोल बस्ने ५० वर्षिय कमल परियार छन्। परियारले शनिबार दिउँसो आफ्नि काकी ६५ वर्षिया गोमा दमाईलाई टाउकोमा कैँची प्रहार गरि घाईते बनाएका थिए।
घाईते दमाईको हेटौंडा अस्पतालमा अचेत अवस्थामा उपचार भैरहेको मकवानपुर प्रहरीले जनाएको छ।परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।



