बैशाख ३०, हेटौंडा। चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ ।
आईतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार ६ जनाको समूहमा आएका अपरीचित व्यक्तिहरुले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गरेका थिए।
पेट्रोल बम प्रहारबाट बस पूर्णरूपमा जलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय