बैशाख ३०,हेटौंडा ।मकवानपुरको कैलाश गाउँपालिका-१ माथिल्लो जलेकुस्थित एकघरमा चट्याङ पर्दा घरमा सामान्य क्षती पुगेको छ भने एउटा बोका मरेको छ।
आईतबार वर्षासँगै परेको चट्याङ लागि स्थानीय फुलबहादुर थिङको ढुङगा माटो तथा जस्ता पाता बाट बनेको घरमा जडान गरिएको मिटर बक्स र घरको पछाडीको जगमा क्षती भएको मकवानपुर प्रहरीले जनाएको छ।
चट्याङले थिङका छिमेकी रामबहादुर गोलेको बाख्रा खोरमा रहेको अन्दाही १३ किलोको बोका समेत मरेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानविय क्षती भने भएको छैन।



