जेठ ५,हेटौंडा ।कार दूर्घटनामा घाईते भएकाहरु मध्य २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको मौलापुर-६ का १७ वर्षिय विवेक साह र मकवानपुरको बकैया गाउँपालिका-१२का ६५ वर्षिय प्रेमबहादुर ब्लोन छन्।उनिहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यस अघि ब्लोनको ठेगाना भीमफेदी-८ भनिएपनी उनका आफन्तले ब्लोनको ठेगाना सच्याएको प्रहरीले जनाएको छ।
कार चालक बाराको निजगढ-६ का ३० वर्षिय सन्दिप साहको मकवानपुर सहकारी अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
आज बिहान साँढे ७ बजे ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग३ च ९४७५ नम्बरको टाटा कार मकवानपुरको बकैया गाउँपालिका-१२ अन्तर्गत कान्तिलोकपथ सडक खण्डको चौतारा भन्ने स्थानमा भीरबाट खस्दा कारमा सवार उनिहरु गम्भीर घाईते भएका थिए। कार सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय