जेठ१९,निजगढ ।मधेश प्रदेश दुग्ध विकास बोर्डले बाराको निजगढ-६ मा संचालित वागदेव दुग्ध उत्पादक सहकारी संस्थालाई सम्मान गरेको छ।बोर्डले १४ औँ विश्व दुग्ध दिवसको अवसर पारेर दुग्ध क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै वागदेव दुग्ध उत्पादक सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको हो।
निजगढमा शनिबार आयोजित सम्मान कार्यक्रममा मधेश सरकारका भूमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपानेले वागदेव दुग्धका अध्यक्ष थानेश्वर सापकोटा`अबिरल´लाई सम्मानपत्र प्रदान गरे।
दूध,दहि,घ्यु,पनिर लगायतका दुग्धजन्य पदार्थहरु उत्पादन तथा विक्री वितरण गर्दै आएको वागदेव सहकारीले हाल मोहि पनि बजारमा विक्री वितरण शुरु गरेको छ।
दूध तथा दुग्ध पदार्थको सेवन ,दुग्ध व्यवशायको प्रवर्द्धन भन्ने नारासहित १४ औँ विश्व दूध दिवस नेपालमा विविध कार्यक्रम गरि मनाईएको छ।



