जेठ १९,सिंगौल।बर्षौ देखि अस्तव्यस्त रुपमा खानेपानीको समस्या झेल्दै आएका निजगढ-२ सिंगौलका स्थानियको समस्या अब समाधान हुने भएको छ। खानेपानी समस्या समाधानका लागि नेपाल सरकारको करिब ८१ लाखको लागतमा खानेपानी ओभर हेड ट्यांकी निर्माण गरिन लागेको सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाले जानकारी दिए।
जिल्ला खानेपानी बाराको ठेक्कामा ट्यांकी निर्माणकार्य शुरु भैसकेको छ।
शुक्रवार अस्थायी प्रहरी पोष्ट र वडा कार्यालयको बिचमा पर्ने सार्वजनिक जग्गामा ट्यांकी निर्माणका लागि विधिवत पुजा गरि जग खन्ने कार्य सम्पन्न भएको हो। कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक अध्यक्ष पुष्कल खड्का,पूर्व वडाध्यक्ष केशवप्रसाद ढोडारी,निलम्बित वडाध्यक्ष राजन श्रेष्ठ,वडासदस्य धनबहादुर थापा,सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटा,कोषाध्यक्ष गोकर्ण थापा,सचिव लक्ष्मी लामिछाने,सदस्य सरस्वती तिमल्सिना,अस्थायी प्रहरी पोष्ट सिंगौलका ईन्चार्ज बिपि बिडारी लगायत स्थानिय समाजसेवीहरुको उपस्थिति थियो।
२ लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण हुने ईन्जिनियर प्रमोद महाजनले बताए।
ट्यांकी निर्माणपछि वडा नम्बर २ र ३का करिब ३ सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।
ओभरहेड ट्यांकी बन्ने भएपछी स्थानियबासी खुसी भएका छ्न ।भौगोलिक तथा सामाजिक हिसाबले सुगम मानिने २ नम्बर वडामा शुद्द खानेपानीको भने चरम अभाव हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय