जेठ २२,हेटौंडा।मकवानपुरमा मंगलबार बिहान आएको हावाहुरीले भाँच्चिएको रुखको हाँगाले लागी एकजना युवकको ज्यान गएको छ।
रुखको हाँगाले लागी मनहरी गाउँपालिका-२ ट्यांकी दमार बस्ने २२ वर्षिय युवक रामबहादुर गोलेको घटनास्थलमै ज्यान गएको हो।
मकवानपुर प्रहरीका अनुसार मंगलबार बिहान साँढे ११ बजे आफ्नै घरदेखि ७/८ सय मिटर पूर्वतर्फ आफ्नै बारिमा घाँस काटिरहेका गोलेलाई अचानक आएको हावाहुरीका कारण साजको रुख भाँचिएर लागेको थियो।
घटनासम्बन्धमा थप अनुसन्धान तथा मुचुल्काको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट टोली घटनास्थल पुगि कानुनी प्रकृया पश्चात शव पोष्ट्मार्टमका लागि हेटौडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपि लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय