जेठ २३,हेटौंडा। काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले गएराति आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।
आगोले जलेका पाँच जना मध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्मृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय