जेठ २५,हेटौंडा । सल्यानको कपुरकोट-६ घर भई नेपाली सेनाको ज्वालादल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बुढाथोकी शान्ति सेनाबाट बिदामा घर आएका थिए।
शनिबार बिहान दाङको तुलसीपुरमा आफ्नी श्रीमती टीका बुढाथोकीलाई परपुरुषसंग आपत्तिजनक अवस्थामा देखेको भन्दै बुढाथोकीले हत्या गरेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए।
मृतक टीका तुलसीपुर -६ स्थित डुम्रीगाउँमा बस्दै आएकी थिईन्।
खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शालिकराम बुढाथोकी ।
शालिकरामले श्रीमतीसंग आपत्तीजनक अवस्थामा फेला पारेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरि घाईते बनाएकाछन्। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन्।उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् ।

शालिकरामको खुकुरी प्रहारबाट घाईते आर्यन थापा।



