जेठ ३०,हेटौंडा ।मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ। मंगलबार मध्यान्ह १२ बजे अध्यक्ष स्याङ्तानको गाउँपालिका-३ धमिलेस्थित काठले बनेको टिनको छानो भएको २ तल्ले कच्ची घरमा आगलागी भएको हो।
आगलागीबाट घरभित्र भण्डारण गरिएको २५ मुरी धान,१५ मुरी कोदो,१० मुरी मकै र लत्ताकपडा जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा चौपायामा कुनै क्षति भएको छैन।
घरमा आचानक लागेको आगो ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोली , दमकल र स्थानियको सहयोगमा करिब डेढ घण्टापछि निभाइएको थियो।
आगलागी के कारणले भएको हो भन्ने सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय