जेठ ३२,हेटौंडा । शुक्रवार साँझ अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते बनेका बारा कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको उपचारका क्रममा मृत्यु भएको छ । कुशवाहको बीरगंजस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
बाराको आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा साँझ ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा कुशवाहा गम्भीर घाईते भएका थिए । उनको कोखामा गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
मोटरसाइकलमा सवार कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरेका हुन्।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेकोले थप विवरण आउनै बाँकी रहेको डिएसपी न्यौपानेले बताए।



