असार २,हेटौंडा । आईतबार बसमा यात्रा गरिरहेका हेटौंडाका एक युवकको अचानक मृत्यु भएको छ।
बीरगंजबाट हेटौंडासम्मको यात्रामा रहेका हेटौंडा -१ जरुवाटोल बस्ने ३२ वर्षिय आकाश महतको बेहोस भएर मृत्यु भएको हो।
बीरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको बसमा सवार महत हेटौंडा बसपार्कमा आएपछि अचानक बेहोस भएका मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
बेहोस भएका महतलाई तत्काल उपचारार्थ हेटौंडा अस्पताल पठाईएकोमा १ बजेर ३९ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता भण्डारीले बताए।
शव सोही अस्पतालमा रहेको र घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय