असार३,सिंगौल। बाराको निजगढ नगरपालिका-२सिंगौलस्थित अटलवस्तीको एक घरमा आगलागी भएको छ।स्थानिय ६१ वर्षीय लिलाधर सापकोटाको माटो,ब्लक,सिमेन्ट र काठले बनेको २ तल्ले कच्ची घरमा सोमबार मध्यान्ह साँढे १ बजे आगलागी भएको हो।आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागीमा परि घरमा छाएको टायल,अन्नपात,गरगहना,महत्त्वपूर्ण कागजात ,लत्ताकपडा ,भाँडावर्तन र ३ थान मोबाईल सेट जल्दा करिब १५ लाख १५ हजार रुपैयाँ बराबरको क्षती भएको अस्थायी प्रहरी पोष्ट सिंगौलका ईन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद विडारीले जानकारी दिएका छन्।
विडारीका अनुसार सापकोटाको भान्साबाट अचानक आगो सल्कन गई घरमा आगालागी भएको हो।
ईलाका प्रहरी कार्यालय निजगढ ,सशस्त्र प्रहरी ,अस्थायी प्रहरी पोष्ट सिंगौल,नगरपालिकाको दमकल र स्थानियको सहयोगमा करीब ४५ मिनेटपछी आगो पूर्णरूपमा नियन्त्रणमा लिईएको विडारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय