असार ११,हेटौंडा । मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन्।हिजो आईतवार राक्सिराङ- ८ लाचेका २१ वर्षिय भवुल प्रजाले जंगली च्याउ ल्याई पकाएर खाइसकेपछि उनको परिवारै बिरामी परेको मकवानपुर प्रहरीले जनाएको छ।
बिरामी पर्नेहरुमा भुवलसहित उनकी २१ वर्षिया श्रीमती रतिमाँया प्रजा, १८ वर्षिय भाई पूर्ण प्रजा र ३ वर्षिय छोरा समिक प्रजा छन्।
उनिहरुको चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
शनिबार पनि राक्सिराङ-७ स्थित दुवुवाङ गाउँमा जंगली च्याउ खाँदा एकैपरिवारका ५ जना बिरामी परेका थिए भने एकजनाको ज्यान गएको थियो।



