असार १३,हेटौंडा ।मकवानपुरको छुट्टाछुट्टै स्थानबाट ३सय ३० किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्। जिल्लाको भीमफेदी गाउँपालिका-१ सामरी पुल नजिकैबाट १ जना र पूर्व-पश्चिम राजमार्गस्थित रातोमाटे चेक प्वाईन्टबाट २ जना पक्राउ परेका हुन्।
मकवानपुर प्रहरीका अनुसार बिहिवार बिहान सवा १ बजे
भिमफेदी गाउँपालिका-१ सामरी पुल नजिकै भित्री सडक खण्डमा रोकी राखेको बा.३ ख ४६१ नम्बरको मिनि ट्रकमा १ सय ७५ किलो लागुऔषध गाँजासहित हेटौडा उपमहानगरपालिका -४ बस्ने बर्ष ५१ को पुर्णबहादुर रुम्बा र रातोमाटे चेक पोईन्टबाट ना५ ख १११८ नम्बरको डिब्बा ट्रकबाट १५५किलो गाँजासहित ट्रक चालक चितवनको राप्ति नगरपालिका- २ गड्यौली बस्ने बर्ष ३६ को सुनिल मुक्तान र उक्त ट्रकमा सवार राप्ति नगरपालिका- १ लोथर बस्ने बर्ष २० को अनिल भन्ने धनबहादुर स्याङतान पक्राउ परेका हुन्।
ट्रकसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय