साउन ७,हेटौंडा। साउदी अरबमा कार्यरत एकजना नेपाली नर्सले आत्महत्या गरेकी छिन्।
साउदी अरबको पूर्वीक्षेत्र कथिपस्थित अल बदर अस्पतालमा कार्यरत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ घर भएकी अन्दाजी २५ वर्षीया गीता देउजाले आत्महत्या गरेको नेपाली दूतावास रियादले जनाएको छ।
देउजाले आफ्नै कारणले आत्महत्या गर्न लागेको,अरू कसैको कारण नभएको विवरणको सुसाईड नोट लेखेको पाईएको जनाईएको छ।
जनप्रगतिशील मञ्च साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्लेका अनुसार शव नेपाल नपठाउन सुसाइड नोटमा आग्रह गरिएको छ। अहिले साउदी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ।
मृतक देउजा करिब एक वर्षअघि साउद पुगेकी हुन्। उनकी दिदी लक्ष्मी देउजा पनि सोही अस्पतालमा नर्सको रुपमा कार्यरत छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय