साउन ९,काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।४ जनाको उद्वार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्वार गरिएका जहाजका क्याप्टेन ३७ वर्षिय मनिष शाक्य बोल्नसक्ने अवस्थामा रहेको र उनको आँखामा चोट लागेको प्रहरीले जनाएको छ।उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ।अन्य घाईतेहरुलाई त्रिवि शिक्षण अस्पताल पठाईएको जनाईएको छ।

इन्जिन परीक्षणका लागि पोखरा उडेको जहाज धावनमार्ग छोड्नासाथ आज बिहान ११ बजेर १५ मिनेट्मा भुईँमा बजारिएको हो।

जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । जहाजमा एक विदेशीसहित सौर्य एयरलाईन्सका इन्जिनियर तथा प्राविधिकहरुगरी १९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो ।

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय