साउन ९,हेटौंडा। तराई मधेश-काठमाडौं द्रुतमार्गको सुरुङभित्र ढुँगाले लागि एकजना कामदारको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाईते बनेका छन्।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका घर भएका सुरुङमार्गमा काम गर्ने अन्दाजी बर्ष २८ को बिमल थिङ छन्।
थिङको सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गाले लागी घटनास्थलमै मृत्यु भएको हो।
थिङलाई आज (बुधबार) अपरान्ह साँढे ३ बजे मकवानपुरको बकैया गाउँपालिका- १२ चालिसे डाँडा भन्ने स्थानको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
अर्का घाईते हुनेमा सोही सुरुङ्गमार्गभित्र काम गर्ने तनहुँ जिल्ला घर भएका अन्दाजी वर्ष २८ कै राजु बिक छन्।
बिकको ढाड र कम्मरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
उनलाई उपचारार्थ हेटौंडास्थित चुरेहिल अस्पतालमा पठाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय