साउन ९,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडामा एक दम्पती मृत अवस्थामा फेला परेका छन्।हेटौंडा उपमहानगरपालिका-५ भैरवरोड नजिकैको लट्टिनाथ चिसापानी भन्ने स्थानका ६२ वर्षिय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षिया अम्बिका भण्डारी आफ्नै घरमा मृत फेला परेका हुन्।
उनिहरु आफ्नै घरको कोठा भित्र श्रीमान पंखा झुण्डाउने फलामको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको र श्रीमतीको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धानका लागी प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डममा हेटौडा अस्पतालका डाक्टरसहितको टोली खटीएको प्रहरीले जनाएको छ।



