साउन १४,हेटौंडा।त्रिशुली नदीमा हराईरहेको दुईवटा बस खोज्न प्रयोग गरिएको भारतीय  प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ । भारतीय टोलीको हराइरहेको १९ केजीको चुम्बक र लाइफ ब्वाई ट्युव काभ्रेघाट भन्ने स्थानमा एक मोटरबोट चालकले फेला पारेका हुन् ।
भारतीय टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थल सिमताल क्षेत्रमा बस खोजी गर्ने क्रममा शनिबार दिउँसो चुम्बक र लाइफ ब्वाई ट्युव त्रिशुली नदीले बगाएको थियो ।
खोजिगरेको आठौँ दिनसम्म बस फेला नपरेपछि भारतीय विज्ञसहितको प्राविधिक टोली भने हिजै फर्किसकेको छ।बस नदिमा खसेको १८ दिनसम्म पनि बसको अत्तोपत्तो लागेको छैन नेपाली सशस्त्र प्रहरीको टोलिले अझैपनी खोजिकार्य जारी राखेका छन्।भेटिएको चुम्बक ट्युबसहितको सामग्री भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय