भदौ २७,हेटौंडा ।राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रतिबन्धित औषधि ट्रामाडोल बेचबिखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहनकुमार थापाले बताएकाछन्।

पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको प्रहरीले जनाएको छ । गत साउन ३ गते बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर ९७ थान ट्रामाडोलसहित पक्राउ परेपछि उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । साहि बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले बताएका छन्। समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ २ करोड अडियो प्रकरणपछि निष्कासनमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय