असोज ७,हेटौंडा ।टंक रेग्मीको संयाेजकत्वमा भष्ट्राचार विरूद्धकाे ‘द डार्क फाईल’ अभियान बाँके जिल्ला कमिटी गठन गरिएकाे छ ।
आईतवार बाँकेमा एक कार्यक्रमकाे आयाेजना गरि रेग्मीकाे संयाेजकत्वमा भष्ट्राचार विरूद्धकाे ‘द डार्क फाईल’ जिल्ला कमिटी गठन गरिएकाे हाे ।
नव गठित अभियानकाे सह-संयोजकमा दिनेशराज न्याैपाने,सुजाता खरेल,कृष्ण दर्शन, वीरबहादुर खत्री, शंकर न्याैपाने, छत्र सुनार, रामफिरजन यादव,अनिश साहि, प्रेम सुनार,भगतराम थारू र प्रवक्तामा केपि घिमिरे
चयन भएका छन्।
यस्तै सल्लाहकारहरूमा दिपेन्द्रकिशाेर जाेशी, देवेन्द्रनाथ शुक्ला, ताराप्रसाद रेग्मी र सूर्यलाल यादव चयन भएका छन् ।
कार्यक्रममा अभियानका केन्द्रिय संयाेजक राजकुमार तिमिल्सिनाले भ्रष्टाचार विरुद्धको आवाज उठाउन र बेथिति, विसंगति र अन्याय अत्याचारका विरुद्धमा लड्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय