असोज ७,निजगढ । बाराको निजगढमा आफ्नै ठुलोवुवालाई खुँडा प्रहार गर्ने भतिजा पक्राउ परेका छन् ।ठुलोवुवालाई खुँडा प्रहार गर्ने १८ वर्षीय रिसभ तिमिल्सिनालाई निजगढ प्रहरीले पक्राउ गरेको हो । रिसभले आईतबार बिहान सवा १० बजे निजगढ नगरपालिका–७ घर भएका ४८ वर्षिय ठुलोबुवा केदारप्रसाद तिमिल्सिनामाथि उनकै घरमा खुँडा प्रहार गरेका हुन ।
नगरपालिकाको वडा नं–८ स्थित स्कुल टोल बस्ने रिसभले बिदेशमा रहेका आफ्नो बुबालाई ठुलोबुवाले सुधारकेन्द्रमा भर्ना गर्न सुझाब दिएको भन्दै खुँडा प्रहार गरेका प्रहरीले जनाएको छ । रिसभ तीन महिना सुधारकेन्द्रमा बसि केहीदिन अघि मात्रै घर आएका थिए ।
केदारप्रसाद घरमा मेबाईल हेर्दै बसिरहेको बेला रिसभ पुगेको र रिसभले घरबाहिरबाट उनलाई ममि खोई भनेर सोधेका थिए । जवाफमा केदारले भान्सामा होलीन् भनेका थिए । त्यसपछि रिसभ भान्साकोठामा गएर त्यँही रहेको खुँडा लिएर केदार भएको कोठामा गई एकाएक प्रहार गरेको घाईते केदारले बताएका छन् ।

उनका अनुसार रिसभले शुरुमा आफ्नो टाउकोमा प्रहार गरेका थिए। तर खुँडा धारिलो नभएका कारण आफु बाँच्न सफल भएको र त्यसपछिको प्रहार दाँया हातले रोक्दै नजिकै रहेको सोफाको कुनामा लुक्ने क्रममा लगत्तै गरेको तेस्रो प्रहार उनको दाँया तिघ्रामा परेको थियो । त्यसपछि भने उनले रिसभलाई समात्न सफल भएको बताएका छन् ।

खुँडा प्रहारबाट घाइते भएका केदारको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा सामान्य अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रिसभमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय