असोज ८,निजगढ ।बाराको निजगढमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन्।निजगढ नगरपालिका अन्तर्गत तामागढी -रतनपुर सडकखण्डको तपस्यास्थल नजिकै मंगलबार बिहान मोटरसाइकल रुखमा ठोक्किँदा वडा नम्बर १३ का २६ वर्षिय मोटरसाईकल चालक सुरेन्द्र घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो।
रतनपुरबाट निजगढ बजारतर्फ आईरहेको प्र २–०३ –००६ प २७८० नम्बरको मोटरसाइकल बिहान साँढे ११ बजे आफैँ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४२ का रामबहादुर बम्जन घाइते भएका छन् । उनको दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
बम्जनको सामुदायिक अस्पताल निजगढ, प्रसुती गृहमा उपचारपछि थप उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।



