असोज १८,हेटौंडा । हेटौंडामा जारी खसीकप फुटबल प्रतियोगिता अन्तर्गत आज दुइओटा खेलहरु भएका छन् ।आजको खेलमा डिफेन्डिङ्ग च्याम्पियन ढुङ्गेधारा टोललाई टाईब्रेकरमा हराउदै एफसी रुद्रेश्वर र चिसापानी एफसी क्याम्पाडाडालाई २–१ गेलले पराजित गर्दै फ्रीडम व्वाईज क्वार्टरफाईनल प्रवेश गरेको छ ।भोलि पनि दुई खेल नै हुनेछन्।
भोलिको दुबै खेल बिहान संचालन गरीने आयोजक पीप्ले क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिनुभएको छ ।

बिजेता फ्रीडम ब्वाईज ।

बिजेता एफसी रुद्रेश्वर ।
पहिलो खेल बिहान ७ः०० बजे पिप्ले भेट्रान्स विरुद्ध शान्तिनगर ब्वाईज र दोश्रो खेल बिहान साँढे ८ बजे पिप्ले युथ ट्रेनिङ्ग सेन्टर विरुद्ध न्यु मधुरिमा युथ क्लब सिचाई टोलबिच हुने अध्यक्ष घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार गत हप्ता स्थगित भएको जिल्ला लिगको फाईनल खेल भोली अपरान्ह क्याम्पा रंगशालामा नै संचालन गरीने भएकोले जारी प्रतियोगितको खेल बिहान खेलाउनुपरेको हो ।
प्रतियोगिताको फाईनल खेल असोज २२ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिता बिजेता टिमले ३० केजिको खसी,उपबिजेताले २० केजिको खसी र उत्कृष्ट तथा सर्वाधिक गोलकर्ता खेलाडीले लोकल कुखुराको भाले उपहारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै म्यान अफ द म्याचलाई पनि एउटा भाले प्रदान गरिने जनाएको छ।
क्लबले बिगत ३० वर्षदेखि अनवरतरुपमा बडा दशैंको अवसरमा खसी कप प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।



