असोज २०,हेटौंडा। अदालतको अवहेलना मुद्दामा दोषी ठहर गरीएका सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना सात दिन कैद सजाय गरी आईतवार कैदमुक्त भएका छन् । केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले अदालतको फैसला बमोजिम दुवै जना सात दिन कैद बसेर कैदमुक्त भएको जानकारी दिए ।

‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ नामक भ्रष्ट्राचार विरुद्धको श्रृंखला प्रसारण÷प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कँडेल र ढुंगाना तथा अडियो सामग्री उपलब्ध गराउने ’डार्क फाइल’ अभियानका संयोजक राजकुमार तिमिल्सिनालाई गत साता सर्वोच्चले कैद सजाय हुने फैसला गरेको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई ३÷३ महिना कैद सजाय सुनाएको थियो । सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख थियो।

सर्वोच्चकै फैसलाको प्रावधानलाई टेकेर आफुहरु थुनामक्त भएको र समाचार लेखेकै आधारमा कारागार जानु परेकोमा दुःखी नबनेको कार्यकारी सम्पादक ढुंगानाले प्रतिक्रिया दिएका छन् ।उनले आफुहरु निर्भीक यात्रामा थप तेज बन्ने समेत बताएका छन् ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय