असोज २३,हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ स्थित गोल्पिङ बेसीमा बस दुर्घटना भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्।

बुधवार आज साँझ ७ बजे हेटौडा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाण्डौ बाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खाई पुन हेटौडा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन गई बस सडक बाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनास्थलबाट हाल नामथर वतन नखुलेको सबै घाईतेहरुलाई उद्धार गरी उपचारका लागी हेटौडा तर्फ पठाएको र घाईते मध्ये ६ जना गंभिर देखीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय