असोज २५,निजगढ ।चर्चित गायक रामचन्द्र काफ्लेले दुबाईमा लाईभ कन्सर्ट गर्ने भएका छन्।
बडा दशैंको मूख्य दिन(शनिवार) टिकाको दिन गायक काफ्लेको दुबाईमा लाईभ कन्सर्ट हुनेभएको हो।
नेपाली रक्सले आयोजना गर्ने लाईभ कन्सर्ट बरदुबाईस्थित ग्राण्ड स्टोरिया होटलमा हुनेछ।
कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।
दशैं जस्तो नेपालीहरुको अत्यन्तै महत्वपूर्ण पर्वमा बिदेशी भूमिमा रहेका नेपालीमाझ आफ्नो सांगीतिक प्रस्तुति राख्न पाउँदा आफुलाई गर्व महसुस भएको गायक काफ्लेले समाचार क्लबलाई बताए।
दशैंको बेला आफ्नो गाउँघर फर्कन नपाएका नेपालीहरुले प्रत्यक्ष नेपाली गीतसंगीतमार्फत आफ्नो देश र गाउँघरको झल्को मेट्ने पनि उनले बताए।
कार्यक्रममा काफ्लेले एक दर्जन भन्दा बढी आफ्ना लोकप्रिय गीतहरु गाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय