असोज २८,बाँके। बाँकेको कोहलपुरस्थित एक घरको सेफ्टिट्यांकिमा मान्छेको टाउको फेला परेको छ।
गत शनिवार शित्तलनगरमा टाउको बिना मृत फेला परेका चन्द्रबहादुर कामीको टाउको भने सोमवार सेफ्टी ट्यांकीमा भेटिएको बाँके प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा पर्ने स्थानिय सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा फेला परेको हो।
सीसीटीभी क्यामेराको मदतले कामिको टाउको फेला परेको र घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय