कार्तिक ४,हेटौंडा। हेटौंडा-काठमाडौ जोड्ने कुलेखानी फाखेल सडकखण्ड आजदेखी पूर्ण संचालनमा आएको छ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका- २ सिमखोला स्थित सडकखण्डमा बाटो बिग्रीएका कारण गत शुक्रवारदेखी उक्त सडकखण्ड एकतर्फी संचालनमा थियो।
सो सडकखण्डमा ह्युमपाईप राखी भत्किएको स्थानमा मर्मत गरेपछी बाटो पूर्णरुपमा खुलेको मकवानपुर प्रहरीले जनाएको छ।
उक्त सडकखण्ड बिगत ३ दिनदेखि एकतर्फी रुपमा संचालन हुँदैआएको थियो।



