कार्तिक ६,हेटौंडा । ज्यान मार्ने उद्योग मुद्दामा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य सानुकुमार लामा दोङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ ९ गते हेटौँडा–९ स्थित नेपाल पास्ता फुड प्रालिका सञ्चालक कृष्ण प्रसाई र चित्र प्रसाईलाई कुटपिट गरेर फरार रहेका लामा र अर्का एकजनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जनाएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका दोङ्ग नेकपा एमाले मकवानपुरका युवा ईन्चार्ज समेत हुन् । प्रहरीले हेटौँडा–१० का दोङ्गुसहित हेटौँडा–८ का तोइसाङ लामालाई पनि पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले दुबैजनालाई पक्राउ गरी हिसारतमा राखेको छ । ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई ५ दिनको म्याद अनुमति दिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय