कार्तिक २१,काठमाडौ। सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ ।

टिकटक कम्पनीले नेपाल सरकार मातहतको सूचना तथा सञ्चार मन्त्रालयबाट मङ्गलवार नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र  लिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार  टिकटकले केही पहिलेदेखि नै टिकटकको दर्ताका लागि प्रक्रिया अगाडि बढाएको भएपनि मंगलबारदेखि आधिकारिक रुपमा दर्ता भएको हो ।

सामाजिक सद्भाव खल्बलाएको भन्दै केही समय पहिले नेपाल सरकारले टिकटकलाई नेपालबाट प्रतिबन्ध लगाईएको थियो ।

तर टिकटकले आफू नेपाल सरकारको कानुनको अधिनमा रहेर सञ्चालन गर्न तयार भएको पटकपटक बताउँदै आएपछि नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

त्यसपछि दर्ता प्रक्रिया सुरु गरेको टिकटकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरेको हो ।

यससँगै टिकटकले साइबर अपराधको अनुसन्धानमा सघाउने, नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय