कार्तिक २३,रौतहट। महिला साफ च्याम्पियनसिप-२०२४ मा सहाभागी ८ जना महिला फुटबल खेलाडीहरु गृहनगरमा नगदसहित सम्मानित भएका छन्।

रौतहटको चन्द्रपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालयले उनिहरुलाई सम्मान गरेको हो।

कार्यालयले विहिवार खेलाडीहरु अनिता के.सी.,रेनुका नगरकोटे ,निशा थोकर ,रश्मिकुमारी घिसिङ ,सविता राना मगर ,समिक्षा घिमिरे ,अन्जना राना मगर र सजनी थोकरलाई जनही ५ हजार रुपैयाँसहित दोसल्ला ओढाई सम्मान गरेको छ।

खेलाडीहरुले आफ्नो नगर र वडालाई राष्ट्रिय अन्तरास्ट्रियरुपमै चिनाएको भन्दै सम्मानस्वरुप कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष सहदेव के.सी.ले बताए।

साफमा सहभागी ८ जनै खेलाडी चन्द्रपुर नगरपालिकाका हुन्। रश्मीकुमारी र रेनुका वडा नम्बर ४ का हुन् भने बाँकी ६ जना वडा नम्बर ६ का स्थानिय हुन्।

प्रदेशसभा सदस्य भट्टराई लगायत।

सो अवसरमा मधेश प्रदेशसभा सदस्य युवराज भट्टराई (समिर)ले पनि खेलाडीहरुलाई व्यक्तिगतरुपमा जनही ५ हजार रुपैयाँ प्रदान गरेका थिए।

काठमाडौमा भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा चन्द्रपुर नगरपालिकाबाट यी ८ जना खेलाडीहरु टिममा पर्न सफल भएका थिए। प्रतियोगितामा नेपाल उप-विजेता बनेको थियो।

महिला राष्ट्रिय फुटबल टिममा अधिकांश खेलाडीहरु रौतहटबाट छनौट हुने गरेका छन्। महिला फुटबलका लागि रौतहट जिल्ला स्वर्णभूमी मानिन्छ।

स्वर्गीय शेरबहादुर महिला खेलमैदानमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा प्रदेशसभा सदस्य भट्टराईसहित नेकपा माओवादी केन्द्र चन्द्रपुर नगरकमिटीका अध्यक्ष टीकाबहादुर आचार्य, मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, जिल्ला फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामी लगायतका पदाधिकारी,जनप्रतिनिधि, खेलाडी तथा अभिभावकहरुको उपस्थिति रहेको वडाध्यक्ष के.सि.ले जानकारी दिएका छन्।

वडाअध्यक्ष केसी लगायत।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय