कार्तिक २८,हेटौंडा। भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेभएको छ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति रहनेछ।

मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा आयोजना गर्न आयोजक तयारीमा जुटेका छन्।

कार्यक्रमको बारेमा पिस नेपाल इन्टरटेन्मेन्टका प्रबन्धक बाबु तितुङले भने, “हामी समर म्युजिक फेस्टिभलको आयोजना मङ्सिर १५ गते भव्यतासाथ गर्ने तयारीमा छौं। यस पटक कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना छ र जनसहभागिता पनि अत्यधिक हुने विश्वास छ।”

यसअघि दशैं म्युजिक फेस्टिभलको आयोजना गर्दा ७ हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। यस सफलता र जनसहभागिताबाट उत्साहित हुँदै  “दशैं म्युजिक फेस्टिभलको सफलता पछि हामीले यस पटक हेटौँडा-७ नागस्वतीमै मङ्सिर १५ गतेको कार्यक्रमलाई अझ ठूलो स्तरमा ल्याउने तयारी गरेका छौं।”तितुङले भने।

आयोजकले आगामी १५ गतेको कार्यक्रमलाई भव्य र सफल बनाउन सबै तयारी पूरा गरेको र आगामी समयमा पनि यस्ता आयोजनाको तयारी जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय