कार्तिक २८,हेटौंडा । चितवनको भरतपुर महानगरपालिका–१४, प्रचण्डटोलमा शौचालयमा लडेर एक उुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय पुर्णबहादुर गुरुङ रहेका छन्।
मंगलबार राती १० बजेर ५५ मिनेटको समयमा गुरुङ आफ्नै घरको शौचालय अगाडी लडिरहेको अवस्थामा फेला परेका थिए । गुरुङलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुरमा लगिएकोमा राती ११ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा प्रहरीले जानकारी दिएको छ ।



